थप ४३० जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ पुष २८,मंगलवार १६:३०

काठमाडौं । पछिल्लो २४ घण्टामा देभभर ४३० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ३०० जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पीसीआर परिक्षण भएको छ। जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ। ३९० जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। योसँगै २ लाख ५९ हजार ३५८ जना व्यक्ति संक्रमणमुक्त भइसकेका छन्।

आज ५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार ९३२ पुगेको छ।

आज देशभर ४ हजार ४०८ संक्रमित सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। २३६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*