पछिल्लो २४ घण्टामा ४८८ संक्रमित थपिए

तु खबर संवाददाता
२०७७ पुष २७,सोमबार १६:२३

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ९ जनाको पीसीआर परीक्षण गरेसँगै नेपालमा हालसम्म १९ लाख ८७ हजार ५ सय ५५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३७ जना क्वारेन्टाइनमा छन्।

यसैगरी मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ५ सय २७ जना संक्रमणमुक्त भएसँगै संक्रमण निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*