चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७७ पुष २७,सोमबार १४:४८
File Photo

चितवन । चितवनमा थप कोरोना भाइरस संक्रमितको मृत्यु भएकोछ । मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरूषको एक जना पुरूष रहेका छन् ।

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पताल निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

पुस १९ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याइएका उनमा सोही दिन कोरोना पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरूको हालसम्म संख्या १०३ पुगेको छ।

चितवनमा हालसम्म ६ हजार ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये हाल २४ जनाको अस्पताल र २१९ जनाको होम आइसोलेशनमा उपचाररत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*