साथीको हत्या गर्ने मकवानपुरका ठकुरी पक्राउ

मकवानपुर । पूर्व प्रेमिकाको बारेमा विवाद हुँदा चक्कु हानी साथीको हत्या गर्ने मकवानपुरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस २३ गते साँझ बुढानिलकण्ठ नगरपालिका–६ का २१ वर्षीय सुशील तामाङमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार मृत्यु भएको थियो ।
चक्कु प्रहार गर्ने मकवानपुरको थाहा नगरपालिका–६ का २१ वर्षीय राजसिंह ठकुरीलाई प्रहरीले सोमबार बिहान चितवनको पिप्लेबाट महाराजगन्ज वृत्तको टोलीले पक्राउ गरेको हो ।
उनले बुढानिलकण्ठ नगरपालिका–१ चिसेनीको गुम्बा नजिककै तामाङलाई चक्कु हानेर भागेका थिए ।
पक्राउ परेका ठकुरीलाई महाराजगञ्ज वृत्तबाट थप अनुसन्धान अगाडी बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंदे जनाएको छ ।