मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन घाइते, एकको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको थाहानगरपालिकामा गएराति सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । गएराति वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको अन्टेस्ट मिनि ट्रक थाहानगरपालिका–१२ मा आफै अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेहरुमा ट्रक चालक वीरगंज महानगरपालिकाका ३४ वर्षीय लालबहादुर ठकुराई, ट्रकमा सवार विरगंज–१२ का १८ वर्षीय विष्णु दास र ट्रकमा सवार हाल नाम, थर नखुलेको अन्दाजी २४ वर्षीय एक युवक रहेका छन् ।
घाइतेमध्ये नाम नखुलेको युवकको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार, घाइतेहरुको काठमाडौंको बयोधा अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।
उक्त ट्रक सडकदेखि करिब २०० मिटर तल खसेको थियो ।