ज्वाला र सोम पक्राउको विरोधमा नेकपाको चेतावनी

२०७४ जेष्ठ १०,बुधबार ११:५७

नेपाल कम्युनिष्ट पार्टी नारायणी ब्यूरोले विज्ञप्ती प्रकाशित गर्दै मकवानपुरका उसको पार्टीका इन्चार्ज बीरबहादुर घलान ज्वाला र सोम घलानलाई बिना कारण पक्राउ गरेको गम्भीर आपत्ति प्रकट गरेको छ । 
नारायणी ब्यूरो इन्चार्ज चिरन पुनले विज्ञप्ती जारी गर्दै सो पक्राउ प्रति गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख छ । आज मकवानपुर प्रहरीले नेकपा मकवानपुर इन्चार्ज ज्वाला र मजदुर नेता सोम घलानलाई आवश्यक अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो । निकै आक्रोशसहित जारी सो बिज्ञप्तीमा सरकारको यस्तो रबैयाले झनै उर्जा प्राप्त गरेको उल्लेख छ । संकटकालमा जस्तो सेना परिचालन गरिएको नेकपाको आरोप छ । बिना कसुर आफ्ना कार्यकर्तालाई पक्राउ नगर्न बिज्ञप्तीमार्फत् चेतावनीसमेत उसले दिएको छ । अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरकार हुने चेतावनीसमेत दिइएको छ । ज्वाला र सोम पक्राउको विरोधमा नेकपाको चेतावनी


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*