नेकपा इन्चार्ज ज्वाला पक्राउ

२०७४ बैशाख १,शुक्रबार १७:२९

नेकपा विप्लवका मकवानपुर जिल्ला इन्चार्ज ज्वाला र मजदुर नेता सोम घलान पक्राउ परेका छन् । मकवानपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी बामदेव गौतमले उनीहरुलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको पुष्टि गरेका छन् । 
स्थानीय तहको निर्वाचन खारेज अभियान चलाइरहेको नेकपालाई सरकारले उच्च निगरानी गरिरहेकोे छ । निर्वाचनको बेला मकवानपुरमा भएको विभिन्न घटनालाई जोडेर उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।  
ज्वाला पक्राउ भए लगत्तै नेकपाका जिल्ला सेक्र्रेटरी राम घलान वाटरले बिना कारण आफ्नो नेता कार्यकर्ता प्रहरीले समातेर राम्रो काम नगरेको प्रतिक्रिया दिएका छन् । साथै तुरन्त रिहा गर्न प्रहरीलाई आग्रह गरेका छन् । 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*