श्रीमती हत्याको आरोपमा हेटौंडाबाट एक जना पक्राउ

तु खबर संवाददाता
२०७७ पुष १४,मंगलवार १५:४३

काभ्रे । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट एक जनालाई पक्राउ गरेको छ ।

हत्याको अभियोगमा प्रहरीले नुवाकोट ओखरपौवा–१ घर भई बारा निजगढ नगरपालिका–२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई पक्राउ गरेको हो ।

काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिता नेपालीको शव पुस ९ गते फेला परेको थियो ।

अनुसन्धानको क्रममा जीवन र सीता पनौती बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्दथे । उनीहरुबीच आर्थिक कारोबार सम्बन्धमा वादविवाद भएपछि गत मंसिर २३ गते बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा पुगी सितालाई जीवनले हात तथा लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटना पश्चात सम्पर्कविहीन भएका जीवनलाई मकवानपुरको हेटौंडाबाट सोमबार पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*