श्रीमान‍को हत्या गरेर कारबाही गर भन्दै प्रहरी चौकी पुगिन् महिला

तु खबर संवाददाता
२०७७ पुष १३,सोमबार १७:०५

रूकुम (पश्चिम) । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८, किटनीकी ५० वर्षीया डल्ली बुढाले आफ्नो श्रीमान‍्को हत्या गरेर आफूलाई कारबाहीको माग गर्दै प्रहरी चौकीमा पुगेकी छन् ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा आइतबार बेलुकी चक्कुसहित कारबाहीको माग गर्दै बुढा पुगेकी हुन् ।

‘मैले श्रीमान‍्को हत्या गरेँ, मलाई कारबाही होस् ’ भनेर बुढा प्रहरी कार्यालयमा पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

बुढाले ३९ वर्षीय श्रीमान् चित्रहादुर थापाको हत्या गरेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले बताए । ‘आइतबार बिहानदेखि नै दुवै जनाबीच विवाद सुरु भएको देखिन्छ’ उनले भने,‘ विवाद बढेपछि श्रीमतीले चक्कु प्रहार गरेको देखियो ।’

चक्कु साथमै लिएर जिल्ला प्रहरी कार्यालयमा आएको र घटनास्थल हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख केसीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*