कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित

तु खबर संवाददाता
२०७७ पुष १२,आईतवार १७:१८

मकवानपुर । रंगपत्रकार कुबेर गिरीलाई ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मान गरिएको छ । उनलाई ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ प्रदान गरिएको हो ।

शनिबार ठमेल स्थित भोजन भुमिका आयोजित वार्ड समारोहमा सुचना प्रविधि तथा संचारमन्त्री पार्वत गुरुङ, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, राष्ट्रिय गानका लेखक ब्याकुल माइला, गीतकार तथा बरिष्ठ रंगपत्रकार शान्ती प्रियलगायतले गिरीलाई नगद सहित माला, दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।

रंगपत्रकारिता मार्फत लामो समयदेखि नेपाली कलासंस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई सम्मान गरिएको कार्यक्रममा बताइएको थियो । कार्यक्रममा काभ्रेका पत्रकार नवराज बजगाईलाई ‘युवा पत्रकारिता सम्मान २०२०’, बरिष्ठ गायक सिताराम पोखरेललाई गायनमा २५ बर्ष पुरा गरेको उपलक्ष्यमा ‘रजत संगीत सम्मान २०२०’ र रंगपत्रकार डब्बु क्षत्रीलाई ‘कला सम्मान २०२०’समेत प्रदान गरिएको थियो । पावर इन्टरनेशनल मिडिया प्रालीले आयोजना गरेको कार्यक्रममा गीतसंगीत क्षेत्रका थुप्रै कलाकर्मीले समेत अवार्ड पाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*