बिहिबार सुनको भाउ बढ्यो

नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहिबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाउ बढेसँगै बिहिबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन ९३ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार तेजावी सुन प्रतितोला ९२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १ हजार २५५ रुपैयाँमा कारोबार भएको हो ।