एकैदिन ८०० ले बढुयो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

तु खबर संवाददाता
२०७७ पुष १,बुधबार १३:५३
file-photo

नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला रु ८०० ले बढेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको भाउ आज बुधबार भने ८०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ । मङ्गलबार भने रु ९१ हजार ८५० मा कारोवार भएको थियो ।

यस्तै, चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ । मङ्गलबार रु एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*