दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७७ मंसिर ३०,मंगलवार ०९:३०
file photo

लमही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ देउखरीको राप्ती गाउँपालिका–८ बिजौरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ वर्षीय अनिल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

उनी मोटरसाइकल चालक हुन् । उनले चलाएको रा ३ प १३७३ नम्बरको मोटरसाइकल सोमबार राति सडकमा रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि लमही लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भालुबाङ प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*