दुर्घटनामा परी मकवानपुरका न्यौपानेको मृत्यु

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–६ मा सवारी दुर्घटना हुँदा मकवानपुरका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको आमभञ्ज्याङ घर भएका ३३ वर्षीय सुजन न्यौपाने रहेका छन् ।
आइतबार पूर्वतर्फ जाँदै गरेको ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा न्यौपाने गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गएराति नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक न्यौपाने ना ३७ प ५५४५ नम्बरको मोटरसाइकल चालक हुन् । प्रहरी जवान उनी सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा दरबन्दी भई इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थिए ।