दुर्घटनामा परी स्कुटर चालक तामाङको मृत्यु

तु खबर संवाददाता
२०७७ मंसिर १६,मंगलवार १४:३३

सानोठिमी । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक मध्यपुरथिमि राधेराधे चोक बस्ने २९ वर्षीय राजु तामाङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*