तनहुँमा बस दुर्घटना हुँदा १७ जना घाइते

तु खबर संवाददाता
२०७७ मंसिर ११,बिहीबार १७:१७

काठमाडौं । तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो आँबुखैरेनी गाउँपालिका–३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरीका अनुसा, उक्त बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई पनि ठक्कर दिएको थियो।

बसको ठक्करबाट स्कुटरमा रहेका एक बच्चासहित तीन जना घाइते छन्।

घाइतेहरूको आँबुखैरेनीस्थित अस्पतालमा उपचार गरिएको छ।

केही घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको उनले बताइन्।

दुई जना घाइतेलाई चितवन मेडिकल कलेज र एक जनालाई पोखरास्थित अस्पताल पठाइएको प्रहरीले बताएको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*