बाल यौन दुराचारी शिक्षक पक्राउ
रुपन्देही । आफैंले पढाउने ११ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले कपिलवस्तुका एक शिक्षकलाई पक्राउ गरेको छ । मंसिर ९ गते दिउँसो १२ बजेको समयमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० भगवानपुरस्थित बुद्ध ज्ञानज्योति बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ४० वर्षीय यम खानले सोही स्कुलमा अध्यनरत ११ वर्षीया बालिकालाई यौन दुराचार गरेको प्रहरीको भनाइ छ ।
बिहीबार प्रहरीले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार निज प्रिन्सिपलले ती बालिकालाई आफ्नो कार्यकक्षमा लगेर यौन दुराचार गरेको भन्दै पीडितपक्षले जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।
प्रहरीले प्रिन्सिपल खानलाई पक्राउ गरी बाल यौन दुराचार सम्वन्धी मुद्दा दर्ता गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।