थप २३ जना कोेरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो

तु खबर संवाददाता
२०७७ मंसिर ११,बिहीबार १६:३९
file-photo

काठमाडौं । नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ। गत २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २८ जना संक्रमितको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९१ जनाको पीसीआर परीक्षण भएसँगै देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

हाल ६ सय ८० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, हाल देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*