आज देशभर १६१४ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।
पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा मृतकको १ हजार ४ सय १२ जना पुगेको छ ।
आज देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।