कोरोना संक्रमणका कारण मकवानपुरमा थप एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ मंसिर ११,बिहीबार १०:००

मकवानपुर । मकवानपुरकी एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको
छ ।

चितवनको भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ निवासी ५७ बर्षकी महिलाको उपचारको क्रmममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अस्पतालले दिएको जानकारी अनुसार ज्वोरो, खोकी र श्वासप्रश्वासमा समस्या भई मंसिर ५ गते अस्पतालमा भर्ना भएकी ती महिलालाई कोभिड आईसियुमा राखेर उपचार गरिएको थियो ।

उनको बुधबार राति ११ बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*