नेपालमा एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि मंगलबार २४ जनाको मृत्यु भएको थियो।
त्यस्तै, पछिल्लो २४ घन्टामा ९ हजार २१० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४० जना कोरोना संक्रमणमुक्त भएसँगै नेपाल स।क्रमण निको हुनेको कुल संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।
आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, हाल ६ सय ६९ जना क्वारेन्टाइनमा रहेका छन् ।