थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा ९ हजार २१० जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख २६ हजार २६ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४० जना कोरोना संक्रमणमुक्त भएसँगै नेपाल स.क्रमण निको हुनेको कुल संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।
आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
आज देशभर २८ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।