हेटौंडाको राप्तीखोलामा भेटिएको शवको पहिचान खुल्न नसकेपछि प्रहरीद्वारा फोटो सार्वजनिक

तु खबर संवाददाता
२०७७ मंसिर १०,बुधबार १६:०५

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाको राप्तीखोलाबाट मंगलबार मृत अवस्थामा भेटिएको शवको पहिचान हुन नसकेपछि फोटो सार्वजनिक गरेको छ ।

हेटौंडा–१९ सान्नानीटार नजिकै राप्तीखोलाबाट मंगलबार अन्दाजी ४० वर्षको जस्तो देखिने एक जना पुरुषको शव फेला परेको थियो । उनको हालसम्म पनि पहिचान खुल्न नसकेपछि फोटो सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रवक्ता रानाका अनुसार, मृतक पुरुषको हुलिया गोरो वर्ण भएको, उचाई ५ फिट २ ईन्च, मंगोलियन जाति जस्तो देखिने, नाक चुच्चो, अनुहार लाम्चो, छोटो कालो, सेतो (फुलेको) कपाल, स्वयंसेवक नेपाल मगर यूवा संघ केन्द्रीय समिति तेस्रो राष्ट्रिय महाधिवेशन भाद्र ३० र ३१ गते हेटौंडा मकवानपुर लेखिएको सेतो रंगको हाफ टिसट लगाएको छ ।

मृतक ती पुरुषको शव हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*