सांसद राजीव गुरुङ (दिपक मनाङ्गे)को श्रीमती हेटौंडाबाट पक्राउ

तु खबर संवाददाता
२०७७ मंसिर १०,बुधबार १५:१७

मकवानपुर । गण्डकी प्रदेशको प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङ्गे) को श्रीमती ३४ बर्षीया दिक्षेन लामालाई मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी अनुसार लामालाई हिजो मंगलवार हेटौंडाबाट पक्राउ गरी कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता इन्द्रबहादुर रानाले तु खबरलाई जानकारी दिएका छन् ।

लामाले बुहुमुल्य धातुबाट बनेको मुर्ति चोरेको भन्दै जिल्ला अदालत कास्कीमा चोरी सम्बन्धी मुद्धा दर्ता भएको छ ।

जिल्ला अदालत कास्कीले लामालाई पक्राउ गरी पठाइदिन भन्दै पत्र पठाएपछि हामीले पक्राउ गरेका हौं, उहाँलाई जिल्ला अदालत कास्की पठाइसकेका छौँ – प्रवक्ता रानाले भने ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*