ट्रकले किचेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ मंसिर १०,बुधबार १०:०८

काठमाडौं । काठमाडौंको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्ट रहेका छन् ।

उनको ना ६ ख ९७४८ नंको ट्रकले किचेर मृत्यु भएको हो । उनी सोही ट्रकका साहु हुन् ।

चन्द्रागिरि नगरपालिका–२ पिपलबोट ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि मोड मिलाउन साहु विष्ट ट्रकबाट झरेका थिए । सोही क्रममा पछाडिको चक्काले किचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*