दारी ग्याङ हेटौंडाद्वारा मामाघर नेपाललाई सहयोग
मकवानपुर । दारी ग्याङ हेटौंडाले सडक बालबालिकाहरुलाई आश्रय दिंदै आएको मामाघर नेपाललाई सहयोग गरेको छ ।
दारी ग्याङ हेटौंडाले हेटौंडा–११ डाङडुङेमा रहेको मामाघर नेपालको परिसरमा पुगी खाना खाने थाल १८ वटा, २० थान पानी खाने बोतल र बत्ति बाल्ने पानस सहयोग गरेको हो ।
कार्यक्रममा दारी ग्याङका मकवानपुर जिल्ला संयोजक अजित खड्का र सदस्यहरुको उपस्थिति रहेको थियो ।
बालबालिकाहरुका लागि पानी खाने बोतल हेटौंडा–२ नम्बर वडामा रहेको माता लक्ष्मी सप्लायर्सका अमोद बस्ताकोटीले सहयोग गरेका थिए ।