बर्दिबास प्रदर्शनमा प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

तु खबर संवाददाता
२०७७ मंसिर १०,बुधबार ०९:०१
file-photo

महोत्तरी । बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) रहेका छन् । उनको उपचारकै मंगलबार राति मृत्यु भएको हो ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।

भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

न्यौपानेको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै राति १ बजे को समयमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*