ट्याक्टर दुर्घटना हुँदा भट्टराईको मृत्यु, तीन घाइते
पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको रैनादेवि छहरा गाउँपालिका वडा नम्वर ६ चहलासिमलस्थित भित्री कच्ची सडकखण्ड दमारबाट माईटोलतर्फ जाँदै गरेको लु ३ त ७१५६ नम्वरको ट्याक्टर गएराति अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी मदन गिरीका अनुसा, दुर्घटनामा परी सोही गाउँपालिका–६ का १९ वर्षीय रमन भट्टराईको मृत्यु भएको हो । उनी त्यस ट्याक्टरका सहचालक थिए ।
घाइते हुनेहरुमा सोही स्थानका १६ वर्षीया रक्षा केसी, १५ वर्षीया सविक्षा केसी र १४ वर्षीय विकास रायमाझी रहेका छन् । उनीहरुलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।