सफारीबाट भुईँमा ढलेका चालकको मृत्यु

तु खबर संवाददाता
२०७७ मंसिर ९,मंगलवार १६:५६
सांकेतिक तस्बिर

विराटनगर । मोरङमा गुडिरहेको सफारीबाट भुईँमा लडेका चालकको मृत्यु भएको छ ।

कटहरी गाउँपालिका–१ चौधरी चोकमा गुडिरहेको सफारीबाट ढलेका विराटनगर महानगरपालिका–२ का ३५ वर्षीय सुनिल मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मण्डल को २ ह ५४९२ नम्बरको खाली सफारी लिएर विराटनगरबाट मिलनचोकतर्फ जाँदै थिए । सडकमा गुडिरहेको सफारीबाट उनी ढलेका हुन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार लडेका बेला चालक आफैंले सफारी चलाइरहेका थिए ।

एक्कासी शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो । सफारी सडकमै रोकिएको थियो । घटनापछि प्रहरीलाई खबर गरेका स्थानीय बासिन्दाका अनुसार अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृत्यु भएको थियो । मृत्युपछि अनुसन्धान सुरु गरेको उनले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*