बैतडीमा जिप दुर्घटना, ५ जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ मंसिर ९,मंगलवार १५:५२

कैलाली । सुदूरपश्चिमको बैतडी जिल्लामा मंगलबार जिप दुर्घटना भएको छ । भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिकाकी ७५ वर्षकी पावर्ती चन्द, ७० बर्षकी पावर्ती चन्द, ७७ वर्षका भागिरथ पाण्डेय, ५८ वर्षीय कृष्ण लावड र सुर्नया गाउँपालिकाकी ७५ बर्षकी कलावती चन्द रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, सोही दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइते ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार, भारतबाट पेन्सन बुझेर फर्किएका भारतीय भूपू सैनिक परिवार चढेको जिप मंगलबार दिउँसो १ बजे दुर्घटनामा परेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*