ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु
चितवन । चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार बलुकी भारतीय नम्बर प्लेटको ग्यास बुलेटले प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३० वर्षीय नवराज दनै र २२ वर्षीय सचिन दनै रहेको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयवासीले सडक अवरुद्ध पारेका थिए । राति साढे ११ बजे प्रहरीले बाटो खुलाएको थियो । सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।