आज देशभर १६६९ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७७ मंसिर ७,आईतवार १६:४९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। योसहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।

आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्।

आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*