पन्ध्र हजार सर्जिकल मास्क सहयोग

रासस
२०७७ मंसिर ६,शनिबार १०:५३

दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकामा पन्ध्र हजार थान सर्जिकल मास्क सहयोग गरेका छन् । पेन्थेक माइगे्रन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाद्वारा मास्क सहयोग गरिएको समितिका संयोजक विशाल जिटीले बताए ।

समितिले वालिङ नगरपालिका कार्यालयलाई आठ हजार ५०० तथा वालिङ नगरपालिका–१३ अन्तर्गतको वडा कार्यालयमा ५००, सरस्वती माध्यमिक विद्यालय उदियाचौरमा दुई हजार ५००, लक्ष्मी माध्यमिक विद्यालय बोधिभञ्ज्याङमा दुई हजार, सर्वशक्ति आधारभूत विद्यालय पाठखोलालाई एक हजार र आँधीखोला बहुप्राविधिक शिक्षालय बोधिभञ्ज्याङमा ५०० गरी कूल पन्ध्र हजार थान सर्जिकल मास्क निःशुल्क उपलब्ध गराएको हो ।

“रोजगारीको सिलसिलामा विदेशमा रहँदा स्वदेशमा कोभिड–१९ को रोकथामका लागि केही न केही सहयोग गर्नुपर्छ भन्ने लागेर रकम सङ्कलन गरी सर्जिकल मास्क पठाएका हौँ”, संयोजक जिटीले भने, “मास्क लगाउन अनिवार्य गरिरहेको अवस्थामा सहजरुपमा मास्क उपलब्ध गराएर कोभिड–१९ को जोखिम रोकथाममा सक्दो सहयोग गर्नमा टेवा पुग्ने विश्वास समितिको छ ।”

कोभिड–१९ को सङ्क्रमणबाट वालिङमा दिन प्रतिदिन जोखिम बढ्दै गइरहेको अवस्थामा ठूलो मात्रामा सर्जिकल मास्क उपलब्ध गराएर कोभिड नियन्त्रणका लागि गरेको सहयोगप्रति नगरपालिकाको तर्फबाट नगर प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद व्यक्त गरे ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*