हेटौंडा उपमहानगरपालिकाद्वारा तालिम लिएका ४०० जनालाई छनौंट

तु खबर संवाददाता
२०७७ मंसिर ६,शनिबार १०:४४

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले तोकिएका वडाहरुमा युइनडिपि र सुरक्षित आप्रवासन परियोजना (सामी) सेवा प्रदायक संस्थाको सहयोगमा उद्यम विकास तथा व्यवसाय योजना निर्माण तालिम लिएकामध्येबाट कुल ४ सय जनालाई छनौंट गरिएको छ ।

छोटा तथा लामा अवधिमा सिपमूलक तालिम प्रदान गरिएको र तालिमपश्चात उद्यम, व्यवसाय प्रारम्भ गर्न प्रविधि सहयोग उपलब्ध गराइएको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।

मेवा खेती तालिम ३५ जना, टनेल खेती तालिम ७१ वटा (टनेल निर्माण), केरा खेती तालिम ५५ जना, फुल खेती तालिम ३० जना, अटो मेकानिक तालिम (महिला) २० जना, फाइवर व्याग बनाउने तालिम २० जनालाई दिइएको छ ।

यसैगरी, एकीकृत विद्युतीय सामान मर्मत तालिम १५, कृषिजन्य बस्तु ब्यापार तालिम १५, व्यवसायीक कागती खेती ५० जना (३ समूह), कफी खेती २५, होमस्टे १० घर, मोबाइल मर्मत तालिम तालिम १० जना, स्यानेटरी प्याड निर्माण तालिम १० जनालाई दिइएको लामाले बताइन् ।

सुरक्षित आप्रवासन परियाजना (सामी) को समन्वयमा सन्देशमूलक सूचना सामग्री छपाई, रेडियो सन्देश प्रशारण, संस्थाका कार्यक्रतर्फका कर्मचारीहरुको क्षमता विकासका लागि तालिमलगायत कार्यक्रमहरु भएका छन् ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*