वायु प्रदूषणले संक्रमणको थप जोखिम

पत्रपत्रिका
२०७७ मंसिर ६,शनिबार ०८:३४

काठमाडौँ । जाडोयाममा वायु प्रदूषण बढ्ने भएकाले कोभिड–१९ को संक्रमण थप फैलिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । मंसिर दोस्रो सातादेखि माघ तेस्रो सातासम्म चिसो बढी हुन्छ ।

वातावरणविद् भूषण तुलाधरका अनुसार जाडो (हिउँद) मा वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ । ‘जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ, त्यतिबेला अत्यन्तै सचेत हुनुपर्छ,’ उनले भने ।

ह्याम्स अस्पतालका छाती तथा फोक्सो रोग विशेषज्ञ डा. राजु पंगेनीले वायु प्रदूषण, कोरोना भाइरस र चिसोले मुटु, छाती र श्वासप्रश्वास जस्ता दीर्घरोगीलाई सिधै आक्रमण गर्ने सम्भावना बढी हुने बताए । ‘दीर्घरोगी भएकाहरूलाई घर बाहिर निस्किएका व्यक्तिसँग टाँसिएर जाने धूलोको कणले संक्रमण बढाउन सक्छ,’ उनले भने, ‘त्यस्ता कणमा भाइरसको लोड बढी हुने भएकाले जाडोयाममा इन्फेक्सनको सम्भावना झनै उच्च हुन्छ ।’

विज्ञहरूका अनुसार पानी नपर्ने र हावा नचल्ने भएकाले जाडो मौसममा प्रदूषण बढी हुन्छ । यही समयमा भाइरस पनि बढी सक्रिय रहन्छ । काठमाडौं उपत्यका कचौरा आकारको भएकाले जाडोयाममा धूलोको कण तल्लो भागमा तैरिएको हुन्छ । ‘त्यस्तो बेला बाहिरबाट घरभित्र जाँदा धूलोका मसिना कणसँगै भाइरस पनि टाँसिएर गएको हुन्छ,’ डा.पंगेनीले थपे, ‘त्यस्ता कणले श्वासप्रश्वास, छाती रोग र अन्य दीर्घरोगीलाई छिट्टै आक्रमण गर्ने सम्भावना उच्च हुन्छ ।’

त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार प्रदूषणले शरीरको रोग प्रतिरोधक क्षमतालाई कमजोर पार्छ, त्यसले विशेष गरी फोक्सोमा असर गर्छ । ‘प्रदूषणले बिग्रेको फोक्सोमा भाइरसको आक्रमण हुँदा संक्रमणको गम्भीरता बढी हुन्छ,’ उनले भने । राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा। नवीनप्रकाश शाहले पनि सास फेर्दा भित्रिएको प्रदूषणले फोक्सोको क्षमता प्रभावित पार्ने हुनाले कोरोना वा कुनै भाइरसको आक्रमण हुँदा बढी जटिलता देखिने बताए ।

अमेरिकाको हार्वर्ड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण बढी हुने देखिएको छ । उक्त अध्ययनले कोभिड–१९ बाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको छ । मेडिकल जर्नल ‘लेनसेट’ को एक रिपोर्टअनुसार वायु प्रदूषणको स्तर बढ्नाले कोभिड–१९ को केस १३ प्रतिशतसम्म बढ्न सक्छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का अनुसार पनि लामो समयसम्म प्रदूषणको प्रभावमा रहँदा कोभिडले मृत्यु हुने जोखिमसमेत बढ्ने सम्भावना रहन्छ । ‘कोभिड कुनै मौसममा कम वा बढी हुने देखिएको छैन । यो संक्रमण गर्मीमा पनि हराएन, जाडोमा उस्तै छ । तर प्रदूषणले शरीरमा रोगप्रतिरोधी क्षमता कमजोर बनाउँछ । प्रदूषणमा फोक्सोमा कोरोना भाइरस सहजै प्रवेश गर्छ,’ डा। दासले भने । ‘प्रदूषण र कोरोना भाइरसको दोहोरो आक्रमणमा परेपछि फोक्सोमा गम्भीर समस्या हुन सक्छ,’ उनले भने ।

कोभिड–१९ श्वासप्रश्वाससँग जोडिएको रोग भएकाले जाडोका बेला धूलोको मात्रा बढ्दा ५० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई बढी असर पर्न सक्ने चिकित्सकहरू बताउँछन् । काठमाडौंमा पीएम २।५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी छ । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । जाडो महिना मंसिर, पुस र माघमा हानिकारक कण २.५ को मात्रा सबभन्दा अधिक हुने गरेको छ ।

वातावरणविद् तुलाधरका अनुसार वायु प्रदूषणका कारण सबैभन्दा बढी मृत्युदर हुने मुलुकभित्र नेपाल पर्छ । ‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो । कोभिड–१९ को महामारी जारी भएकाले यो पटकको चिसो हुने समय (पुसदेखि फागुन) सम्म मृत्यु संख्या बढ्ने अनुमान गरिएको छ । ‘विगतका वर्षहरूमा पनि चिसोको समयमा काठमाडौंमा वायु प्रदूषण सबैभन्दा बढी हुने गरेको थियो,’ स्वच्छ ऊर्जा नेपालका शंकरप्रसाद शर्माले भने, ‘अब आउने २–३ महिना काठमाडौंको वायु प्रदूषण ह्वात्तै बढ्ने निश्चित छ ।’ वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ ।

वातावरणविद् तुलाधरका अनुसार जाडोयाममा काठमाडौं उपत्यका पीएम २.५ को मारमा हुन्छ । २.५ माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ । मानिसको कपालको औसत मोटाइ ६० माइक्रोग्राम हुन्छ । ‘सानो कण श्वास नलीमार्फत फोक्सोसम्म पुग्छ,’ अर्का विज्ञ सञ्जय खनालले भने, ‘मसिना कण हावामा लामो समयसम्म बस्छन् र ती शरीरभित्र पस्ने सम्भावना बढी हुन्छ ।’

मसिना कण वरपर हानिकारक रसायनहरू टाँसिएर बस्ने हुनाले तिनले विभिन्न रोग निम्त्याउने सम्भावना बढ्ता हुन्छ । काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धूलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धूवाँ पनि वायु प्रदूषणका स्रोत हुन् । ‘बाहिरबाट काठमाडौं खाल्डोमा प्रदूषण भित्रिन्छ,’ तुलाधरले भने, ‘स्थानीय रूपमा पनि वायु प्रदूषण उत्सर्जन हुन्छ, जुन कचौराजस्तो उपत्यकामा लामो समय तैरिएर रहन्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*