छठ पबनी र हेटौँडाको सन्दर्भ

सञ्जय मित्र
२०७७ मंसिर ५,शुक्रबार ११:४८

छठ पबनी मधेसी समुदायले परम्परादेखि नै मनाउँदै तथा मान्दै आएको पर्व हो । मधेसी हिन्दु समुदायले मान्ने सबैभन्दा ठूलो पर्वको रुपमा छठ रहँदै आएको छ । यस पर्वको उत्पत्ति कहिले र कसरी भयो भन्ने विषयमा धेरै जानकारी पाइएको छैन तर केही तथ्य र केही कथ्यहरुले छठ पबनीको उद्भव वर्तमान रौतहटको समनपुर भन्ने ठाउँमा भएको हो भन्ने कुरा देखिन आउँछ । रौतहटको समनपुरमा छठ पबनीको उद्भव र त्यहीबाट विस्तार भएको अनुमानलाई आधार मान्ने हो भने हेटौँडाको पनि छठसँग निक्कै गहिरो सम्बन्ध रहेको देखिन आउँछ । महाभारतको समयमा हेटौँडाको वर्तमान भूमि महावन थियो । यो घनघोर डर लाग्दो थियो । यहाँ हिडिम्बिका राक्षसनी आफ्ना दाजु हिडिम्बसित बस्दथे । हिडिम्बिकासित नै भीमसेनको बिहे भएको थियो । तिनै हिडिम्बिका वा हेडम्बाको नामबाट यस बस्तीको नाम हेटौँडा रहन गएको हो ।

लाक्षागृहबाट जोगिएर पाण्डवहरु यस जंगलतिर आउँदा हेडम्बासित भीमसेनको बिहे हुन पुगेको थियो । उनीहरुको संयोगबाट घटोत्कच नामको पुत्रको पनि जन्म भएको थियो । पाण्डवहरु जुवामा सबै थोक हारेपछि शर्तअनुसार बार वर्षको बनबास र एक वर्षको अज्ञातबास बिताउने क्रममा पहिलो बार वर्षको बनबासको निकै महत्वपूर्ण समय पाण्डवहरुले बागमती नदीको पश्चिमदेखि सिंजा उपत्यकासम्म बिताएका थिए ।

अज्ञातबासको समय नजिकिँदै जाँदा कसरी सफल होला भन्ने चिन्ता थपिएको थियो । कौरवका गुप्तचरहरु पनि प्रशस्त थिए । हरेक दिनको खबर उनीहरुकहाँ पुगिरहेका थिए । अज्ञातबास भंग भएपछि पुनः बार वर्षको बनबास र एक वर्षको अज्ञातबास हुने शर्त थियो । बनबासको समय सकिँदै गर्दा अज्ञातबासको समय नजिकिँदै थियो र बढ्दै थियो कसरी अज्ञातबास सफल होला भन्ने चिन्ता पनि ।

अज्ञातबास कसरी सफल होला भन्ने चिन्ताले सताउन थालेपछि रौतहटको समनपुरमा कसैले छठीमाईको कठिन व्रत सफलतापूर्वक गरेमा अज्ञातबास सफल हुने, युद्धमा विजय प्राप्त हुने र गुमेको राजपाट पनि प्राप्त हुने बताएपछि द्रौपदीले बागमती नदीको किनारमा समनपुरमा पहिलोपटक यो व्रत गरेकी हुन् भन्ने भनाइ पाइन्छ ।

उसो भए समनपुर भन्ने बस्ती पहिलेदेखि नै थियो । पाटलीपुत्र र कान्तिपुरको व्यापारिक मार्ग बागमती किनारै किनार हुन्थ्यो र बागमती नदीको पश्चिमी किनारमा समनपुर थियो । हुआनसाङको यात्रावर्णनका साथै कौटिल्यको अर्थशास्त्रमा पनि समनपुरको उल्लेख रहेको प्रसंग पाइन्छ । महाभारतको युद्धमा पाण्डवको विजयपछि कृष्णको सल्लाहअनुसार पाण्डव र कृष्ण भगवान पशुपतिनाथको क्षमापूजा गर्न कान्तिपुर पुगेको प्रसंग पनि पाइन्छ भने भीमसेनको गद्दाले चुरेको पहाड नै धुलो भएर हेटौडादेखि फुर्केसम्मको समतल जमिनको निर्माण भएको किंवदन्ती पनि रहेको छ । यी सबै कथ्य तथ्य तथा किंवदन्तीहरुको आधारमा द्रौपदीले पहिलोचोटि छठ गरेकी हुन् भन्ने भनाइलाई पुष्टि गर्दछ ।

नदीको किनारमा दिनभरि निराहार बसी साँझ खीर र रोटीले छठीमाईको खरना पूजा द्रौपदीले गरेकी थिइन् । अद्यपर्यन्त शुक्ल पञ्चमीको रातमा खरना पूजा गरिन्छ । कतिपयले यो भन्दछन् कि छठीमाईको मूल पूजा नै खरना पूजा हो । खरना पूजाको प्रसाद ग्रहण गरेपछि द्रौपदीले फेरि भोलिपल्ट निराहार बसी साँझमा उदाउँदो सूर्यलाई अर्घ दिइन् र रातभर छठीमाईको पूजा गरिन् । रातमा कोसिया पूजा हुन्छ । फेरि भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिइन् । उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठव्रत पूरा भएको मानिन्छ ।

वास्तवमा छठमा पञ्चमीको रातमा खरना पूजा गरिन्छ । षष्ठीको दिन निराहार बसेर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि जहाँ बेदीमा पूजा गरिन्छ, त्यो बेदीलाई श्रीसप्ता भनिन्छ । श्रीसप्तालाई छठीमाईको छोरो मानिएको छ । यसै गरी अस्ताउँदो सूर्यलाई पूजाको अर्थ सूर्यकी एक पत्नी सन्ध्या र उदाउँदो सूर्यलाई अर्घको अर्थ सूर्यकी अर्की पत्नी ऊषाको पूजा हो । हैनभने अस्ताउँदो र उदाउँदो सूर्यलाई नै किन अर्घ दिनुपर्ने ? जुनसुकै बेला सूर्यलाई अर्घ दिँदा पनि हुन्थ्यो तर सूर्यकी अन्य दुई पत्नीहरु सन्ध्या र ऊषालाई पनि पूजा गर्दै सूर्यलाई अर्घ दिइन्छ ।
लोककथाहरुमा सूर्यलाई छठीमाईको श्रीमान् वा पतिको रुपमा बताइएको पाइन्छ ।

हेटौँडासित छठको गहिरो सम्बन्ध स्थापित हुन आउँछ । हेटौँडालाई केन्द्रविन्दू मानेर पाण्डव परिवार बनबासको लामो समय बिताएको र यस क्षेत्रमा बसोबास गरेको कारण अज्ञातबासको प्रारम्भ नजिकको बस्ती समनपुरबाट गरेको देखिन आउँछ । रौतहटको समनपुरमा अहिले पनि एउटा महादेव मन्दिर रहेको छ । उक्त मन्दिरमा रहेको महादेव मानेर पूजा गरिने ढुंगो एउटा सुरुङमाथि रहेको विश्वास रहेको छ । त्यो त्यही सुरुङ हो जसमा पसेर द्रौपदीसहित पाण्डवहरु अज्ञातबासमा गएका थिए । सुरुङमा पसेर सुरुङको मुख बन्द गर्न भीमसेनले सुरुङको मुखमा ढुंगो हालेका थिए । त्यही ढुंगोलाई भगवान शिव वा शंकर भनेर स्थानीय पूजा गरिरहेका छन् अद्यपर्यन्त । यसै महादेवको नामबाट समनपुरमा शंकर माध्यमिक विद्यालय रहेको छ । शंकरपछि अहिले गुदर थपिएको छ । गुदर साह विद्यालयका संस्थापक रहेकाले उनको नाम पनि महादेवसँगै थपिएर विद्यालयको नाम शंकर गुदर माध्यमिक विद्यालय हुन पुगेको छ ।

सुरुङमा पसेर बागमतीको बगरमा निस्केको पाण्डव परिवार कहाँ गए ? र कता हराए भन्ने विषयमा स्थानीयबासी पनि अनभिज्ञ नै रहे । कौरवका गुप्तचरहरुले पनि यसको चाल पाउन सकेनन् । बागमतीको बगरमा वा अझ टाढा निस्केर पाण्डवहरु भेष बदली राजा विराटको दरबारमा पुगेको त सबैलाई थाहै छ ।

छठ पबनीको सुरुआत द्रौपदीबाट भएको हो भन्ने किंवदन्ती धेरै विशाल क्षेत्रमा प्रचलित छ । यस पर्वलाई केही वर्षदेखि शास्त्रीय पर्व पनि बनाउने प्रयास गरिएको छ । यस पर्वमा कुनै पनि बाहुन (पन्डितजी)को आवश्यकता पर्दैन । शास्त्रीय पर्व नहुुनुको सबैभन्दा ठूलो प्रमाण यही हो । यति आस्था र श्रद्धाका साथ मनाइने गरिएको छठको कतै मूर्ति वा मन्दिर बनाइएको पाइँदैन । अहिले केही वर्षदेखि कतै कतै स्थायी संरचना बनाइन थालिएको छ । सामान्यता शास्त्रीय देवदेवीको निश्चित पूजनविधि हुने र कतै त कतै कुनै न कुनै शास्त्रमा उल्लेख गरिएको हुने तथा मूर्ति वा मन्दिर पूजाको प्रचलन बसालिएको हुन्छ तर यो लोकआस्थाको महापर्व हो, लोकपर्व हो । यसको सबै निर्णायक लोक नै हुन्छ । विश्वको पहिलो गणतान्त्रिक शासन व्यवस्था बज्जी गणतन्त्रमा नै रहेको थियो र छठको स्वरुप पनि यही गणतन्त्रात्मक नै देखिन्छ । समूहमा पर्व मान्ने र समूहको निर्णय नै सर्वोपरि हुने प्रावधान अद्यपर्यन्त छठको रहेको छ ।

 



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*