मास्क नलगाए २ हजार जरिवाना

एजेन्सी
२०७७ मंसिर ५,शुक्रबार १०:०९

दिल्लीमा कोरोना भाइरस संक्रमणको दर उच्च हुन थालेपछि नियन्त्रणका विषयमा मुख्यमन्त्री अरविन्द केजरिवालले सर्वदलीय छलफल गरेका छन् ।

उनले बैठकमा प्राप्त सुझावका आधारमा संक्रमण रोक्न कदम चाल्ने बताएका छन् ।

मुख्यमन्त्री केजरिवालले दिल्लीमा मास्क नलगाएमा अब २ हजार जरिवाना गरिने समेत बताएका छन् । यसअघि मास्क नलगाउनेलाई ५ सय जरिवान गर्ने गरिएको थियो ।

उनले छठ पर्वमा पनि कोरोना संक्रमणलाई ध्यानमा राख्दै पानी भएको सार्वजनिक स्थानमा भेला भएर पूजा गर्दा ठूलो मात्रामा कोरोना फैलिन सक्ने भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

उनले पत्रकार सम्मेलन गरेर दिल्लीमा बिरामीका लागि करिब साढे सात हजार बेड रहेको र करिब साढे चार सय आईसीयु बेड रहेको जानकारी दिएका छन् ।

दिल्लीका निजी अस्पतालका ८० प्रतिशत आईसीयू बेड कोरोनाका विरामीका लागि रिजर्व गर्ने तयारी गरिएको छ ।

केन्द्र सरकारसँग मिलेर थप १ हजार ४ सय बेडको बन्दोबस्त गर्ने तयारी भइरहेको पनि उनले बताएका छन् ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*