५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

पत्रपत्रिका
२०७७ मंसिर ५,शुक्रबार ०८:०२

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढंगले कर्जा उपलब्ध गराउन कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरिएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायलाई निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकमा आवश्यक रकमको व्यवस्था गर्नेछ ।

सरकारले राष्ट्र बैंकबाट सञ्चालन हुने गरी राष्ट्र बैंकको बैंकिङ कार्यालयमा ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नेछ । जसमा नेपाल सरकारले उपलब्ध गराएको रकम, सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संस्थाबाट मन्त्रालयको समन्वयमा जम्मा हुने रकम र विदेशी संघसंस्थासँग नेपाल सरकारले गरेको सम्झौताबमोजिम प्राप्त हुने रकम जम्मा गरिने कार्यविधिमा उल्लेख छ ।

मन्त्रालयले खातामा पटक पटक गरी आवश्यकताका आधारमा रकम जम्मा गर्ने, खातामा रहेको रकम प्रयोजन समाप्त भएपछि राष्ट्र बैंकले नेपाल सरकार तथा सम्बन्धित संस्थालाई फिर्ता गर्ने व्यवस्था गरिएको छ ।

कोभिड–१९ बाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकी कर्जाको अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेका घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायलाई सहुलियत कर्जा प्रदान गरिनेछ ।

अति प्रभावित क्षेत्र, मध्यम प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्र गरी कर्जालाई तीन किसिमले वर्गीकरण र सीमा निर्धारण गरिएको छ । जसमा अति प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम १० करोड रुपैयाँसम्म रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*