बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ९ सय ९५ पुग्यो

तु खबर संवाददाता
२०७७ कार्तिक १५,शनिबार ०९:३३

मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८८ हजार नजिक पुगेको छ ।

प्रदेशमा शुक्रबार थप २ हजार २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ हजार नजिक पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ९ सय ९५ जना पुगेको मन्त्रालयका प्रवक्ता (कोभिड–१९) पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

उनका अनुसार, हालसम्म प्रदेशको काठमाडौंमा ६० हजार ७ सय ३७, ललितपुरमा ८ हजार ६ सय ४८, भक्तपुरमा ५ हजार ६ सय २६, रसुवामा ८९, नुवाकोटमा ६ सय ३४, धादिङमा १ हजार ६ सय ६०, चितवनमा ४ हजार ६ सय ५८, सिन्धुलीमा ३ सय ७५, मकवानपुरमा ३ हजार ३ सय ३६, रामेछापमा ३ सय ५२, दोलखामा ३ सय १४, काभ्रेमा १ हजार ६ सय ३० र सिन्धुपाल्चोकमा ५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ६४ हजार १ सय जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशमा यसअघि शुक्रबारसम्ममा ६१ हजार ४ सय ९३ जना संक्रमण मुक्त भएका थिए ।

त्यस्तै, प्रदेशमा हालसम्म कोरोना भाइरस( कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ४४ जना पुगेको छ । शुक्रबार थप ११ जनाको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या ४ सय ४४ जना पुगेको हो । शुक्रबार काठमाडौंका ३ जना, भक्तपुरका २ जना, काभ्रेका २ जना, चितवनका १ जना, नुवाकोटका एक जना, धादिङका एक जना र रामेछापका एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेशमा हाल कूल कोरोना संक्रमितमध्ये २३ हजार ४ सय ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रदेशमा हाल २ सय ६९ जना क्वारेन्टाइनमा, १ हजार २ सय ८२ जना होम क्वारेन्टाईनमा, ३ हजार ६ सय ११ जना आइसोलेशनमा र १७ हजार ६ सय ९२ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*