कपडा पेल्ने मेसिनमा च्यापिएर किशोरको मृत्यु

तु खबर संवाददाता
२०७७ आश्विन ३०,शुक्रबार १०:०३

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा कपडा पेल्ने क्रममा किशोर धोबीको दाहिने हात च्यापिएको थियो ।

मेसिनमा च्याएर गम्भीर घाइते भएका उनको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*