नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, एकैदिन ३४३९ जना थपिए

तु खबर संवाददाता
२०७७ आश्विन २१,बुधबार १६:३८

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) सक्रिय संक्रमितको संखया २५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, नेपालमा हाल सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या ९० हजार ८१४ पुगेको छ। तीमध्ये हालसम्म ६८ हजार ६ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २६ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा गरि १४ हजार २ सय ९ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*