बागमती गाउँपालिकाको सेवा असोज २२ गतेसम्म बन्द
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाको सेवा असोज २२ गते सम्मका लागि बन्द गरिएको छ ।
गाउँपालिकामा कार्यरत ३ जना कर्मचारीसहित थप ७ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका र वडा कार्यालयबाट हुँदै आएको अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा असोज २२ गते भोलिसम्मका लागि बन्द गरेको जनाएको हो ।