थप १५५१ जनामा कोरोना पुष्टि, कुल संख्या साढे ९० हजार नाघ्यो

तु खबर संवाददाता
२०७७ आश्विन २०,मंगलवार १६:२८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९० हजार ८१४ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ६७ हजार ५४२ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ५६३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको मन्त्रालयले जनाएको छ ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*