हेटौंडाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १७:५४

मकवानपुर । हेटौंडामा थप ११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा आइतवार गरिएको परीक्षणमा हेटौंडाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।

उनका अनुसार, उक्त प्रयोगशालामा आइतवार गरिएको परीक्षणमा १ महिला र १० पुरुष गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा–२ का ३९ र ४३ वर्षीय २ पुरुष, हेटौंडा–४ का ३२, ४२, ४५ र ५३ वर्षीय ४ पुरुष, हेटौंडा–५ का ५२ वर्षीय पुरुष, हेटौंडा–७ का ३२ र ५६ वर्षीय २ पुरुष, हेटौंडा–९ की ४५ वर्षीया एक महिला र हेटौंडा–१७ का ४५ वर्षीय एक पुरुष रहेका छन् ।

मकवानपुरमा आज मात्रै २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार दिउँसो उक्त प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका मात्रै १० जना कोरोना संक्रकण पुष्टि भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*