काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १७:२०

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८०९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई कोरोना संक्रमण देखिएको छ।

यससँगै उपत्यकामा कोराना संक्रमितको संख्या २१ हजार ५०७ पुगेको छ। जसमा काठमाडौंमा १७ हजार ४८३, ललितपुरमा २ हजार ९९ र भक्तपुरमा १ हजार ९२५ संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७३ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ७३ हजार ३९४ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८८५ जना डिस्चार्ज भएसगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपाल संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

देशभर १९ हजार १९ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*