आइतबार बागमतीमा थपिए ९०२ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १७:०९

मकवानपुर । बागमती प्रदेशमा आइतबार ९ सय २ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा मकवानपुरसहित विभिन्न जिल्लामा गरी प्रदेशमा ९ सय २ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार देशभर १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बागमती प्रदेशका मात्रै ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा आइतबार काठमाडौंका ६ सय ३३ जना, चितवनका ८३, धादिङका १, नुवाकोटका ३, भक्तपुरका ७२, मकवानपुरका १, रसुवाका १, रामेछापका १, ललितपुरका १ सय ४ र सिन्धुपाल्चोकमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेशमा हालसम्म कोरोना संक्रमण निको हुनेको कूल संख्या १५ हजार २ सय ३जना पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार, प्रदेशमा हाल ५ हजार ५९ जना आइसोलेशनमा, ६ हजार ९५ जना होम आइसोलेशनमा, ५ सय ३८ जना क्वारेन्टाइनमा, १२२ जना आइसियुमा र २६ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ललितपुरका ४२ र ७७ वर्षीय दुई पुरुष र काठमाडौंका ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*