बागमतीका पाँचसहित थप १० जना कोरोना संक्रमितको मृत्यु, कति पुग्यो कुल संख्या ?

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १६:५६
file-photo

काठमाडौं । नेपालमा एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा धेरै बागमती प्रदेशका रहेका छन् त्यहाँ पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार प्रदेशमा ललितपुरका ४२ र ७७ वर्षीय दुई पुरुष र काठमाडौंका ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

त्यस्तै, संक्रमणबाट प्रदेश नं. २ मा बाराका २० वर्षीय पुरुष, प्रदेश नं. ५ मा रुपन्देहीका ७१ वर्षीय पुरुष र बर्दियाका ५०, ६३ वर्षीय २ पुरुष र सुदुरपश्चिम प्रदेशमा अछापका ३४ वर्षीय पुरुषकोे संक्रमणबाट मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको छ ।

यसअघि शनिबार नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*