नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या साढे ५३ हजार नाघ्यो, थप ८ सय ८५ जना भए संक्रमण मुक्त

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १६:४४

काठमाडौं । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना संक्रमण मुक्त भएसँगै संक्रमण निको हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, हालसम्म प्रदेश १ मा ४ हजार ८ सय ६४, प्रदेश २ मा १३ हजा। ४७, बागमती प्रदेशमा १५ हजार २ सय ३, गण्डकी प्रदेशमा ३ हजार ९३, प्रदेश ५ मा ८ हजार ३ सय ७१, कर्णाली प्रदेशमा २ हजार ८ सय ४० र सुदूरपश्चिम प्रदेशमा ६ हजार ४ सय ८० जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ ।

हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार १९ जना पुगेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*