मकवानपुरमा थपिए २८ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १५:४४

मकवानपुर । मकवानपुरमा आइतवार २८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । आइतबार किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका १० जनासहित २८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।

स्वास्थ्य अधिकृत चौलागाईका अनुसार, उक्त प्रयोगशालामा गरिएको परीक्षण ६ जना महिला र २२ जना पुरुष गरी २८ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडाका विभिन्न वडामा गरी ६ जना, भीमफेदीका १ जना, मनहरीका ३ जना र बाहिरी जिल्लाका १८ जना रहेका छन् ।

हेर्नुहोस् पूरा विवरण ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*