हेटौंडाका थप ६ जनामा कोरोना पुष्टि, कुन वडामा कति (विवरणसहित)

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १५:३३

मकवानपुर । हेटौंडाका थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा आइतबार गरिएको परीक्षण गरी ३ महिला र ३ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का २१, २३, ३३ वर्षीया ३ महिला र २३ वर्षीय एक पुरुष गरी ४ जना र हेटौंडा–१६ का २३ र ३३ वर्षीय २ पुरुष रहेको स्वाथ्य अधिकृत चौलागाईले जानकारी दिए ।

उक्त प्रयोगशालामा आइतवार गरिएको परीक्षणमा मकवानपुरका १० जनामा कोरोना पुष्टि भएको छ । जसमा हेटौंडाका ६, भीमफेदीका १ र मनहरीका ३ जना रहेका छन् ।

हेर्नुहोस् पूरा विवरण ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*